शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन १ लाख ३० हजार कोभिड संक्रमित

बुधबार, १४ पुस २०७८, १६ : १९
बुधबार, १४ पुस २०७८

बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ ।

अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप