एलजीले देशभर ‘रोड शो’ गर्ने
एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले एलजीका नविन उत्पादनहरु प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदूर पश्चिम महेन्द्रनगरदेखि सुर्खेतसम्म पुग्ने कम्पनीले जनाएको छ ।
यस रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि बताउने कम्पनीले जनाएको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहक वर्गहरुलाई जानकारी दिने उद्देश्य रहेको कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती