सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको नीति आयोग उपाध्यक्षमा पन्त

बुधबार, १४ पुस २०७८, १५ : ४८
बुधबार, १४ पुस २०७८

बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा एक कार्यक्रम बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट फेसियल डिसेन्ट्रीलाइजेशन, पब्लिक सर्भिस डेलिभरी एण्ड प्रोपर्टी विषयमा विद्यावारिधि प्राप्त गरेका पन्त विकेन्द्रीकरण तथा सार्वजनिक सेवा प्रवाहका विषयका जानकार मानिन्छन् ।

नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकटका हुन् । आयोगको सदस्यमा मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाल पनि नियुक्त भएका छन् । नेपाललाई पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरिएको हो । नेपाल नेपाली काँग्रेस निकट रहेका छन् । उनी काँग्रेसबाट आयोगको सदस्य बनेका हुन् ।

आयोगका सदस्य लामिछाने संविधानसभा सदस्य समेत हुन् । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्र निकट रहेका छन् ।

आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्ष सहित ४ जना सदस्य गरी पाँच  सदस्यीय रहने व्यवस्था रहेको छ ।

सरकारले हाल उपाध्यक्षसहित दुई सदस्यमात्रै नियुक्त भएका छन् । अन्य सदस्यहरु समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप