सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकद्वारा तीन शाखारहित बैंकिङ्ग सेवा बिस्तार

बुधबार, १४ पुस २०७८, १५ : ४०
बुधबार, १४ पुस २०७८

सनराइज बैंकले थप तीनवटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले हालैमात्र प्रदेश १ को उदयपुर, सुनसरी र पश्चिम, सुदूरपश्चिम प्रदेशको कैलाली भजनीमा शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । 
बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले यी स्थानमा शाखारहित बैकिङ सेवा बिस्तार गरेको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । 

बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमनकुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा बैंकले नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण,बिल भुक्तानी लगायत सबै बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । 

बैंकको हाल १३९वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप