शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाइयो

बुधबार, १४ पुस २०७८, १५ : ४०
बुधबार, १४ पुस २०७८

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । 
उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए । उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए । 

मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले विकास गर्न सकिन भने पनि जुन रुपमा चलेको छ त्यही रुपमा राख्न सक्नु पर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले  चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताए । उनले कोषले जङ्गली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताए । ओलीले कोषले जङ्गली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठ्यपुस्तकमा समावेश गराएको बताए । 

२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप