एमसीसी कुनै हालतमा पारित नगर्न माओवादीको प्रवास समन्वय समितिको सुझाव

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ कुनै पनि हालतमा पारित गर्न नहुने प्रस्ट पारेको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्दै मनऋषि धितालले यस्तो बताएका हुन् ।
उनले एमसीसी सम्झौता संशोधन गरेर पारित गर्नुपर्ने चर्चा चलिरहेकोतर्फ संकेत गर्दै आफ्नो समूहमा भएको छलफलमा सहभागीहरुले संशोधन भएको अवस्थामा समेत पारित गर्न नहुने सुझाव दिएको प्रस्ट पारे । ‘एमसीसी पारित गर्नु हुँदैन, संशोधन गरिए पनि यसलाई पारित गर्नु हुँदैन भन्ने सुझाव आएको छ,’ बन्दसत्रमा उनले भने ।
अध्यक्षको प्रतिवेदनमा ‘वाम लोकतान्त्रिक शक्तिको साझा कार्यभार’ भनिएको उल्लेख गर्दै धितालले ‘क्रान्तिकारी शक्तिको साझा कार्यभार’ भनेर छुट्टै चर्चा गरेको भए हुन्थ्यो भन्ने सुझाव आफ्नो टोलीमा रहेका प्रतिनिधिहरुले राखेको जानकारी दिए ।
राजनीतिक प्रतिवेदनमा चीन कुन बाटोमा छ भन्ने पनि उल्लेख गर्नुपर्ने उनको भनाइ छ । आफ्नै पार्टीको अगुवाईमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै उनले अब औद्योगिक क्रान्तिको नेतृत्व पनि माओवादी केन्द्रले नै गर्नुपर्ने तर अध्यक्षको राजनीतिक प्रतिवेदनमा आर्थिक क्रान्ति कसरी गर्ने भन्ने प्रस्ट नभएको सहभागीहरुको गुनासो रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी