शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँ खेल्न जाँदै हुनुहुन्छ ? यी तरिका अपनाउनुस्

बुधबार, १४ पुस २०७८, १४ : ५८
बुधबार, १४ पुस २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै चन्द्रागिरि, फुलचोकी, दामनलगायत उपत्यका आसपासका पहाडमा बुधबार हिमपात सुरु भएको छ ।

उपत्यकामा पानी परेसँगै बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरु हिउँ खेल्न विभिन्न स्थानमा पुगिरहेका छन् । तर हिउँ खेल्न जाँदा सुरक्षाका उपाय अपनाउन बिर्सनु भने हुँदैन ।

तपाईं हिउँ खेलिरहनुभएको छ वा खेल्न जाने सोचमा हुनुहुन्छ भने दुर्घटना र चोटपटकबाट जोगिनका लागि यी कुरा ध्यान दिनुहोस् ।

वरिपरिको स्थानबारे थाहा नभइकन नहिँड्नुहोस्ः

हिउँमा धेरै नै सावधान हुनुपर्छ । आफू कुन ठाउँमा हिँडिरहेको छु, त्यसबारे पनि अवगत हुनुपर्छ । सावधान नभए चिप्लिएर लड्ने सम्भावना बढी रहन्छ ।

चिसोका लागि पहिरनः

तपाईं चिसोमा बाहिर जाँदै हुनुहुन्छ भने सुरक्षित रहनुहोस् – न्यानो हुनुहोस् । बच्चालाई पनि बाहिर लिएर जाँदै हुनुहुन्छ भने उनीहरुलाई केही खुवाएर लैजानुहोस् । क्यालोरीले उनीहरुको शरीरलाई चिसोमा न्यानो राख्न सहयोग गर्छ ।

- यसका साथै अनुहारमा सनस्क्रिन पनि लगाउनुहोस् । हिउँ खेल्न जाँदा सनस्क्रिनको कुरा गर्दा थोरै अचम्म पनि लाग्ला तर यसले सूर्यको ८५ प्रतिशत हानिकारक विकिरणबाट जोगाउँछ ।

- एउटै गम्म परेको लुगा लगाउनुको साटो, धेरैवटा लुगा लगाउनुहोस् । माथिको लुगा पानी वा हिउँले भिजिहाले पनि त्यो फुकालेर भित्रको नभिजेको अर्को लुगामा रहन सक्नुहोस् ।

- कटनको लुगा लगाउनुको साटो ऊनको वा अन्य कपडाको लुगा लगाउनुहोस् । लामो अण्डरवेयर, हाइनेक, स्वेटर र कोट लगाउन सकिन्छ । धेरै नै चिसो छ भने अरु लुगा पनि थप्न सकिन्छ । न्यानो मोजा वा बुट लगाउनुहोस् । टाउकोलाई टोपीले छोप्नुहोस् ।

- अत्यधिक चिसोमा धेरै समय नबिताउनुहोस् ।

- घर गइसकेपछि भिजेका सबै लुगाहरु खोल्नुहोस् । यसले शरीरबाट अतिरिक्त हिट तानिरहेको हुन्छ । असाध्यै चिसो भएका शरीरका भागलाई मनतातो पानीमा डुबाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप