बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दर्जन बढी लोक गायक गायिकाको एउटै मञ्चमा सांगीतिक प्रस्तुति

बुधबार, १४ पुस २०७८, १४ : ४९
बुधबार, १४ पुस २०७८

रामप्रसाद खनाल, दुर्गा रायमाझी, बालचन्द्र बराल, नविन पौडेल लगायत करिब तीन दर्जन बढी लोक गायक गायिकाको सांगीतिक प्रस्तुति एउटै मञ्चमा रहने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १७ गते शनिबार (१ जनवरी) मा नागार्जुनको हलचोकमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रम ‘ह्यापी न्यू इयर २०२२’ मा धेरै कलाकार एकसाथ प्रस्तुत हुन लागेका हुन् । 

‘काठमाडौँ स्काई भ्यु रिसोर्ट’ मा मध्यान्ह १ बजेदेखि साँझसम्म आयोजना हुन लागेको कार्यक्रम थुप्रै लोक गायक गायिकाले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउनेछन् । लोक कला संस्कृतिको जगेर्ना गर्ने र नयाँ वर्षमा स्वदेशी तथा विदेशी पाहुना नचाउने उदेश्यले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजक ‘स्काई भ्यु रिसोर्ट’का सञ्चालक रामबहादुर कुँवरले बताए ।

‘पछिल्लो समय हामी नेपालीले पनि अङ्ग्रेजी न्यु इयर भव्य रुपमा मनाउन थालेका छौ’ कुँवरले भने, ‘अङ्ग्रेजी न्यु इयर भएपनि नेपाली कला संस्कृतिसँग मनाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो ।’ कार्यक्रममा नेपाली राम्रो लोक गीत संगीतमा गायक गायिकासँगै नाच्ने र गाउने अवसर समेत दर्शकले पाउने कुँवरले सुनाए ।

कार्यक्रममा लोक गायक रामप्रसाद खनाल, नवीन ढुङ्गेल, दुर्गा रायमाझी, नवीन पौडेल, चन्द्र शर्मा, ऋषि अधिकारी, अलिफ खान, बालचन्द्र बराल, सुमन थापा मगर, पुनम थापा मगर, मिरा गिरी, सन्जय डिम्पल, कृष्ण आँशु, सुमन परियार, मिनाश्री लुङेली, सपना सुनाम, राजकुमार बाँनिया, संगीता पौडेल, सविन घिसिङ,नवीन ढुंगेल  लगायतले प्रस्तुति दिने छन् । कार्यक्रममा लोकप्रिय गायक नविन पौडेलको समेत विषेश प्रस्तुति रहनेछ ।

करिब ८ घन्टा चल्ने सांगीतिक कार्यक्रमको संयोजन स्वीकृति इभेण्ट प्रालिले गरेको छ भने सहकार्यको रुपमा स्काई पार्टी प्यालेस सामाखुसी, बजाजको आधिकारिक बिक्रेता स्टार अटो इन्टरप्राइजेश, स्टार अटो केयर, भूगर्भ सिमेन्ट, सानिमा इन्सुरेन्स, कान्पिुर डेन्टल एण्ड जनरल हस्पिटल बसुन्धरा, गरिमा विकाश बैंक, होटल टिकटक नयाँ बष पार्क, भिजन लुम्बिनी उर्जा कम्पिनी लिमिटेट रहेका छन् ।

विभिन्न सेवा र सुविधा सहित खुलेको ‘स्काइ भ्यु रिसोर्ट’ मा सांगीतिक मनोरञ्जनका साथमा आफुलाई मनपर्ने परिकार समेत खान पाइनेछ  । साथै, पिङको समेत मजा लिन सकिन्छ ।  । कार्यक्रमको अवसरमा ‘स्काइ भ्यु रिसोर्ट’ ले खानामा विषेश छुट र कम्प्लीमेन्ट्ली स्न्याक्सको समेत यवस्था गरेको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप