माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन माग

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गराउनुपर्ने बताएका छन् । गण्डकी प्रदेश समूह नम्बर १० मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि भएको छलफलको निष्कर्ष सुनाउँदै गायत्री गुरुङले यस्तो बताएकी हुन् ।
कर्मचारीहरु, नेता–कार्यकर्ता तथा कम्तीमा पनि केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने, नेतृत्वको जीवनशैली सरल र व्यवस्थित बनाउन ध्यान दिनुपर्ने उनले बताइन् । उनले एक व्यक्ति दुई पटकभन्दा बढी लाभको पदमा जान नपाउने नीति लागू गर्नुपर्ने र एक परिवारका दुई वा दुईभन्दा बढी व्यक्तिलाई एकै पटक लाभको पदमा जाने व्यवस्था बन्द गरिनुपर्ने पनि बताइन् ।
उनले एमसीसीलाई परिमार्जनसहित पारित गर्ने नभई पूर्ण रुपमा खारेज गर्नुपर्ने पक्षमा सुझाव आएको पनि बताइन् । भारतले राष्ट्रियताका प्रश्नमा ठुलो समस्या खडा गरेको भन्दै उनले भारतसँगको असमान सन्धि र सीमानाबारे प्रतिवेदनमा उल्लेख गरिनुपर्ने उल्लेख गरिन् ।
यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा पारित गरेको स्वामित्व आफ्नो पार्टीले लिनेगरी दस्तावेजमा उल्लेख गर्न पनि सुझाव आएको उनले जानकारी दिइन् । यस्तै, साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने, माओले उठाएको दलाल र नोकरशाही पूँजीवादको चरित्रबारे नेपालको सन्दर्भमा प्रस्ट पारिनुपर्ने माग पनि आफ्नो समूहमा उठेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’