शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको प्रतिवेदनमाथि प्रतिप्रश्न : कम्युनिस्टहरु सत्तामा गएपछि किन जनमुखी काम गर्दैनन् ?

प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन सुझाव
बुधबार, १४ पुस २०७८, १४ : ३५
बुधबार, १४ पुस २०७८

नेकपा माओवादीको ८ औ महाधिवेशन अन्तर्गत समुह नेताले सुझाव पेश गरिरहेका छन् । यसै क्रममा समुह १४ का समुह नेता टंक राईले समुहको छलफलपछि बन्दसत्र हलमा आफ्नो समुहको निश्कर्ष सुनाएका छन् । त्यसक्रममा उनले प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने, पार्टीले आगामी दिनमा भ्रष्टाचारमा शुन्य ;सहनशीलताको नीति अपनाउनुपर्ने लगायतका सुझाव राखेका छन् ।

 त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् । सुझाव पेश गर्ने क्रममा उनले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिएका छन् ।

‘कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ?यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ’, राईको भनाइ छ । त्यस्तै उनले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप