प्रचण्डको प्रतिवेदनमाथि प्रतिप्रश्न : कम्युनिस्टहरु सत्तामा गएपछि किन जनमुखी काम गर्दैनन् ?
नेकपा माओवादीको ८ औ महाधिवेशन अन्तर्गत समुह नेताले सुझाव पेश गरिरहेका छन् । यसै क्रममा समुह १४ का समुह नेता टंक राईले समुहको छलफलपछि बन्दसत्र हलमा आफ्नो समुहको निश्कर्ष सुनाएका छन् । त्यसक्रममा उनले प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने, पार्टीले आगामी दिनमा भ्रष्टाचारमा शुन्य ;सहनशीलताको नीति अपनाउनुपर्ने लगायतका सुझाव राखेका छन् ।
त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् । सुझाव पेश गर्ने क्रममा उनले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिएका छन् ।
‘कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ?यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ’, राईको भनाइ छ । त्यस्तै उनले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण