सिमसिम पानी रैछौ बैमानी.....वर्षा झेल्दै माओवादी बन्दसत्र हलतिर (फोटोफिचर)
नेकपा माओवादी केन्द्रको बन्दसत्र राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरूलाई बन्दसत्र हलसम्म पुग्नै सकस देखिएको छ एकाएक मौसममा परिवर्तन भएर राजधानीमा गएरातिदेखि नै वर्षा भएको हो भने वर्षाका कारण प्रतिनिधिहरू बुधबार बन्दसत्र हलसम्म पानी झेल्दै गइरहेको देखिन्थ्यो ।

कतिपय प्रतिनिधि छाताको सहारामा जाँदैथिए त कोही छाता समेत नओढी भिज्दै नै बन्दसत्र हलतिर जाँदै गएको दृश्य देखिन्थ्यो । वर्षाका कारण राजधानीमा चिसो समेत बढेको छ । बन्दसत्र स्थलमा भेटिएका एक प्रतिनिधिले अघिल्लो दिनको तुलनामा चिसो निकै बढी महसुश भएको बताए ।
माओवादीको आठौं महाधिवेशन पुस ११ देखि काठमाडौंमा सुरु भएको हो । बन्दसत्र अन्तरगत बुधबार २५ समूहमा विभाजन गरिएका टोली नेताले समूहमा निस्किएको निचोडको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण