शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिमसिम पानी रैछौ बैमानी.....वर्षा झेल्दै माओवादी बन्दसत्र हलतिर (फोटोफिचर)

बुधबार, १४ पुस २०७८, १४ : ३५
बुधबार, १४ पुस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्र राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरूलाई बन्दसत्र हलसम्म पुग्नै सकस देखिएको छ  एकाएक मौसममा परिवर्तन भएर राजधानीमा गएरातिदेखि नै  वर्षा भएको हो  भने वर्षाका कारण प्रतिनिधिहरू बुधबार बन्दसत्र हलसम्म पानी झेल्दै गइरहेको देखिन्थ्यो । 

कतिपय प्रतिनिधि छाताको सहारामा जाँदैथिए त कोही छाता समेत नओढी भिज्दै नै बन्दसत्र हलतिर जाँदै गएको दृश्य देखिन्थ्यो । वर्षाका कारण राजधानीमा चिसो समेत बढेको छ ।  बन्दसत्र स्थलमा भेटिएका एक प्रतिनिधिले अघिल्लो दिनको तुलनामा चिसो निकै बढी महसुश  भएको बताए ।

माओवादीको आठौं महाधिवेशन पुस ११ देखि काठमाडौंमा सुरु भएको हो । बन्दसत्र अन्तरगत बुधबार २५ समूहमा विभाजन गरिएका टोली नेताले समूहमा निस्किएको निचोडको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप