बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साढे छ खर्ब रुपैयाँ बराबरको नोट बजारमा

बुधबार, १४ पुस २०७८, १४ : २७
बुधबार, १४ पुस २०७८

नेपाल राष्ट्र बैंकले बजारमा साढे छ खर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ । मंसिर मसान्तसम्ममा कुल छ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ बराबरको नोट बजारमा रहेको बैंकले जनाएको हो । 
यस्तो नोट अघिल्लो महिना (कात्तिक) मा कुल छ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ बराबर रहेको थियो । बैंकको रिपोर्ट अनुसार एक महिनामा ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको नोट बजारबाट फिर्ता भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप