शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अमेरिकालाई ‘साम्राज्यवाद’ भनेजस्तै भारतलाई ‘विस्तारवाद’ भन्नुपर्छ’

भ्रष्टको सम्पत्ति जफत गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न माग
बुधबार, १४ पुस २०७८, १४ : १५
बुधबार, १४ पुस २०७८

नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बुधबार टोली नेताका रुपमा सत्यनारायण भगतले राजनीतिक प्रतिवेदनमा ‘भारतीय विस्तारवाद’ उल्लेख गर्न माग गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहमा भएको छलफलको निष्कर्ष बन्दसत्रमा राख्दै भगतले अमेरिकालाई ‘साम्राज्यवाद’ भनेझैं भारतलाई ‘विस्तारवाद’ भन्नुपर्ने बताए ।

उनले राजनीतिक प्रतिवेदनमा नेपालका दुई छिमेकी भारत र चीनका बारेमा पनि चर्चा हुनुपर्ने बताए ।

‘अमेरिकी साम्राज्यवाद भनेझैं चीन र भारतका बारेमा पनि व्याख्या गर्नुपर्छ,’ उनले भने, ‘भारतको विस्तारवादी दृष्टिकोणमा परिवर्तन आएको छैन । भारतलाई विस्तारवाद भन्नुपर्छ ।’

उनले सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानविन गरी अनियमित देखिएको सम्पत्ति जफत गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न माग गरे ।

स्वच्छ छवि भएकालाई पार्टीको हरेक तहमा नेतृत्व विकासको अवसर दिनुपर्नेमा उनको जोड थियो ।

उनले प्रदेश २ अन्तर्गत समूह ८ मा भएको छलफलको निष्कर्ष बन्दसत्रमा पेस गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप