प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध
नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् ।
उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताए । उनले भने, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’
उनले पार्टीले कृषि व्यवसायलाई प्रभावकारी बनाइनुपर्ने, जनयुद्धका सहिद, घाइते, अपांगहरुलाई सम्मान र सुरक्षा दिने गरी पार्टीको नीति हुनुपर्ने धारणा राखे । बन्दसत्रमा २५ समूहमा विभाजन गरिएका समूहका टोली नेताहरुले रिर्पोटिङ गर्ने क्रम जारी रहेको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा पहिलो रिर्पोटिङको रुपमा बिडारीले आफ्नो धारणा राखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण