आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१० लाखमा एकपटक हुने घटना : उडिरहेको विमानसँग ठोकियो बरफको टुक्रा , हावा छेक्ने सीसा फुट्यो

बुधबार, १४ पुस २०७८, १३ : ११
बुधबार, १४ पुस २०७८

हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ । प्राप्त समाचार अनुसार ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो । घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको छ ।

२ इन्च बाक्लो विन्डस्क्रीन पुरै फुटेको छ

बोइङ–७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्राका बेला यो दुर्घटना भएको हो । बरफको टुक्राले दुई इन्च मोटो विन्डस्क्रिनलाई पूर्ण रुपमा तोडेको छ ।  यद्यपि, यो विन्डस्क्रीन अत्यधिक शक्तिको सामना गर्नका लागि बनाइएको हुन्छ । यो बुलेटप्रूफ सीसा समान हुन्छ ।

१० लाख मा एक पटक हुन्छ यस्तो घटना:

विमानमाथि भएको यो दुर्घटनाका कारण लगभग २०० यात्री क्रिसमसको पूर्व सन्ध्यामा लन्डनमा नै फर्किएका छन् । विशेषज्ञका अनुुसार १० लाखमा एक पटक मात्रै यस्तो घटना हुने गर्छ ।

५० घन्टा ढिलो गरी उड्यो विमानः

मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको साँझ फ्लाइट सेन जोस गेटविक जाँदै थियो । तर, विन्डस्क्रिनको मर्मतमा लागेको समयका कारण यात्रुुलाई गन्तव्यमा पुग्न ५० घन्टा ढिलो भएको थियो ।

हनिमुन यात्रामा निस्किएका एक जोडीः

जो मिशेल र गीर ओलाफसन हनिमुन यात्रामा थिए । उनीहरुले क्रिसमसका लागि गेटविकको बाटो गरी एडिनबर्गस्थित आफ्नो घरमा फर्किने योजना बनाएका थिए ।  मिशेलले स्थानीय मीडियालाई भनिन्, ‘हामी त्यहाँ पुग्नेका लागि कनेक्टिङ फ्लाइट खोजिरहेका थियौँ । ता कि हामी हामी समयमै गन्तव्यमा पुग्न सकौँ ।’

प्राप्त समाचार अनुसार फ्लाइट लगभग दुई दिन ढिलो भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप