सुरक्षाको दृष्टिले कस्तो छ मोदीको नयाँ कार ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्केडमा मर्सिडिजको नयाँ कार सामेल भएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै नयाँ कार लिइएको बताइएको छ । उक्त कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ । यस कारको कयौँ शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ कार पहिलो पटक देखिएको थियो ।
यस कारमा उच्च स्तरको सुरक्षा दिइएको छ । कारको सिसा र बडी यति मजबुत छ कि यसमा एके–४७ जस्ता राइफलको गोलीले पनि असर पुर्याउन सक्दैन । कारले एक्सप्लोसिफ रेसिस्टेन्ट भेहिकल (ईआरभी) २०१० रेटिङ पाएको छ । यस कारमा बसेका व्यक्ति २ मिटर टाढासम्म १५ किलोग्रामसम्मको टीएनटी विस्फोट हुँदा पनि सुरक्षित हुन्छन् ।
गाडीको ढोकामा पोलिकार्बोनेटको एक पत्र राखिएको हुन्छ यसले थप सुरक्षा प्रदान गर्ने बताइएको छ । ग्यास हमला हुँदा क्याबिन अलग अक्सिजनको सप्लाई दिने सुविधा पनि यस कारमा रहेको छ । यो गाडी टायर पड्किँदासमेत सजिलै कुद्न सक्छ । टायर क्षतिग्रस्त हुँदा पनि यो तीव्र गतिमा कुद्न सक्ने भनिएको छ ।
कारको तेल भण्डारमा एक विशेष किसिमको तत्त्वले बनेको हुन्छ । जसले त्यसमा गोली लागेपनि आफै टालिन्छ । यो प्रविधि बोइङ एएच–६४ र एपाचे हेलिकप्टरमा प्रयोग हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा