प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो
![प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो](https://rpcdn.ratopati.com/media/albums/maoist_mahadibeshan_banda_satra_9_0bMDrU2aZG.jpg)
नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो । तर मंगलबारका लागि छुट्याएको समयमा केही समुहले छलफल नसकेपछि बुधबार दिउँसो १२ बजे सम्मलाई समय थप गरिएको थियो ।
महाधिवेशन प्रतिनिधिहरूलाई प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समुह बनाइएको थियो । उक्त समुहमा प्रतिवेदनमाथि राखेका सुझावलाई संकलन गरेर समुहका नेताले बन्द सत्रमा पेश गर्नेछन् । त्यसका लागि प्रत्येक टोली नेतालाई १५ मिनेटको समय तय भएको छ । बुधबार १ बजेदेखि समुहका नेताले आएका सुझावलाई समेटेर बन्दसत्र स्थल प्रज्ञा भवनको हलमा सुझाव पेश गर्नेछन् ।
उनीहरुको सुझावलाई समेत समेटेर अध्यक्ष प्रचण्डले पुन दस्तावेजलाई पूर्णता दिनेछन् । प्रचण्डको दस्तावेजसँगै नेता देव गुरुङले पेश गरेको विधान संशोधन समेत पारित गरेपछि नेकपा माओवादीले नयाँ केन्द्रीय समितिको नाम घोषणा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली