शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युएनडिपीको जागिर छोडेर फिल्ममा आएँः उषा रजक

बुधबार, १४ पुस २०७८, १२ : ४१
बुधबार, १४ पुस २०७८

अभिनेत्री उषा रजक यतिबेला दंग छिन् । अभिनयमा उनको कमब्याक फिल्म ‘कठपुतली’ शुक्रबार प्रदर्शनमा आउँदैछ । सोही कारणले ब्यस्त पनि छिन् उनी । ‘कठपुतली’ मार्फत उनले ८ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । कमब्याक फिल्म राम्रो बनाउने हिसावले प्रचार प्रसारमा समेत उनी दौडधूप गरिरहेकी छन् ।

मंगलबार आयोजित एक प्रेममिटमा पनि उनी निकै खुसी देखिएकी थिइन् । उनको खुसीको कारण फिल्मको रिलिज नै थियो । आफु अभिनित फिल्म रिलिज हुँदैगर्दा दसैँ आएझै खुसी लाग्ने उनले बताइन् । ‘म अहिले दसैँ तिहार आएझै खुसीले गदगद छु’ उषाले भनिन् ‘२०१३ पछि मेरो पहिलो फिल्म जो आउँदैछ ।’ उनी पछिल्लो समय २०१३ मा ‘कथा’ फिल्ममा देखिएकी थिइन् । त्यसपछि युएनडिपीको जागिरका कारण विदेशमा रहेकी उनले यो फिल्मको लागि जागिर समेत छाडेकी छन् ।

‘फिल्मको अफर पहिले मलाई एकदमै धेरै आउथ्यो । तर म फिल्मको कथामा विदेशी कथामात्र पाउथे’ उनले अगाडि थपिन्, ‘‘कठपुतली’ नेपाली माटोको अर्गानिक कथा भएकोले जागिर नै छोडेर अभिनय गरे ।’ कुसुमे रुमाल , इकु लगायतका फिल्म अभिनय गरेकी उषाको मिडियामा डिर्बोसको हल्ला पनि चलेको छ । तर उनले आफु श्रीमान्सँगै रहेको र अभिनयमा परिवारको साथ रहेको सुनाइन् । उनले अगाडि भनिन् ‘फिल्मको कामले नेपाल आउदा श्रीमान् र बच्चासँग केही समय टाढा भएकी छु । तर परिवारसँगै छन् ।

कमेडी र प्रेमकथाको फिल्ममा यस अगाडि अभिनय गरेकी उषाको हरर जनराको फिल्म ‘कठपुतली’ पहिलो हो । हरर फिल्ममा काम गर्दा पहिले भन्दा निकै फरक अनुभव बटुलेको उनी सुनाउँछिन् । ‘आजसम्म मैले हरर फिल्म हेरेको पनि छैन’ उनले भनिन् ‘त्यसैले कठपुतली काम गर्दा रमाइलो र डर दुवै लागेको थियो ।’ डरकै कारणले हरर फिल्म हेर्न नसक्ने बताउने उषा हरर जनरामा बनेको ‘कठपुतली’ भने दर्शक रमाउने बताउछिन् ।
फिल्ममा उषाको अलवा शिल्पा मास्के, मिथिला शर्मा, गौरी मल्ल, कर्मा, सुवर्ण थापा, ध्रुव कोइराला लगायत कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप