बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी देशका बच्चा सबैभन्दा खुसी, अभिभावकले यसरी हुर्काउँछन् सन्तान

बुधबार, १४ पुस २०७८, १२ : १३
बुधबार, १४ पुस २०७८

जो कोहीपनि आफ्नो बच्चा खुसी होस्  र उसले जिन्दगीको सबै खुसी पाओस् भन्ने चाहन्छन् । यसका लागि अभिभावक धेरै नै मेहनत गर्छन् र आफ्नो बच्चालाई सबै सुख–सुविधा दिने कोसिस गर्छन् । परिवार र अभिभावकबाहेक बच्चालाई खुसी राख्न र उनीहरुको आवश्यकता पूर्ति गर्ने काममा देशको स्थिति र सुविधाले पनि महत्वपूर्ण भूमिका निभाउँछ । युनिसेफले हालै मात्र एक रिपोर्ट पेश गरेको छ, जसमा कुन देशका बच्चा सर्वाधिक खुसी छन् भन्ने प्रस्तुत गरिएको छ ।

प्रकाशित रिपोर्ट अनुसार नेदरल्यान्डका बच्चा सर्वाधिक खुसी देखिएका छन् । युुनिसेफले उच्च आय भएका ४१ देशको विश्लेषण गरेर यो रिपोर्ट तयार पारेको हो ।

यो रिपोर्टका लागि बच्चाको मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र शिक्षा एवं सामाजिक सीपको विकासलाई आधार बनाइएको हो । यो सूचीमा तीन मापदण्डमा नेदरल्यान्ड शीर्ष स्थानमा आएको थियो । दोस्रो र तेस्रो स्थानमा डेनमार्क र नर्वे छन् । देशको आय, शिक्षा, घर र स्वास्थ्यको अवस्था जस्ता केही प्रमुख कारण एउटा देश बच्चाका लागि राम्रो स्थान बनाइदिन्छ भन्ने यो रिपोर्टको निष्कर्ष हो ।

स्वीकारात्मक विधिः

नेदरल्यान्डका मानिसहरु बच्चाको स्याहार सुसारका लागि स्वीकारात्मक विधि अपनाउँछन् । उनीहरु आफ्नो बच्चाको कुरा र उनीहरुको विचार सुन्छन्  । तर उनीहरु आपूmलाई ठिक लागेको कुरा पनि बच्चालाई बताउँछन् । यसबाट घरमा बच्चा र अभिभावक बीचको मतभेद कम हुनमा पनि सहयोग मिल्छ । एसरटिभ प्यारेन्टिङ विधिमा अभिभावक सही तरिकाले आफ्नो कुरा राख्छन् । बच्चाको कुरा पनि सुन्छन् । यसबाट अभिभावक र बच्चाबीच माया र एक किसिमको न्यानोपन कायम रहन्छ ।

खुलेर हुन्छ कुराकानी

बलियो सम्बन्ध बनाउन राम्रो कुराकानीको बढी  आवश्यक छ । नेदरल्यान्डका अभिभावक ती विषयमा आफ्नो बच्चासँग खुलेर कुराकानी गर्छन्, जसबारे अन्य देशका मानिस गर्न पाउँदैनन् ।

यसबाट बच्चामा आत्मविश्वास बढ्छ र अभिभावकसँग उनीहरुको सम्बन्ध मजबुत रहन्छ । नेदरल्यान्डका बच्चालाई उनीहरुको मनमा जे छ त्यो बोल्नुपर्छ भनेर सिकाइन्छ ।

पहिलो प्राथमिकता परिवारः

सबैभन्दा पहिला परिवारलाई महत्व दिइन्छ । यदि अभिभावक व्यस्त छन् भने पनि उनीहरु परिवारका लागि समय निकाल्न बिर्सँदैनन् । बच्चा सधैँ आफ्नो अभिभावकसँग खाना खान्छन् र विभिन्न गतिविधिमा सहभागी हुन्छन् ।

आमा र पिता दुबैले बच्चाको स्याहार सुसारमा बराबरीको हिस्सा लिन्छन् र पितालाई पनि बच्चाको रेखदेखका लागि बिदा दिइन्छ ।

खुसी अभिभावक, खुसी बालबच्चाः

त्यसैले हामी भन्न सक्छौँ कि जब अभिभावक खुसी रहन्छन्, तब बच्चा पनि खुसी रहन्छन् । त्यसैले परिवारमा सधैँ खुसीको माहौल बनिरहेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप