मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा हिउँको मज्जा (फोटोफिचर)

बुधबार, १४ पुस २०७८, ११ : २३
बुधबार, १४ पुस २०७८

हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै राजधानीको चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् । 

चन्द्रागिरिमै हिउँ परेपनि बिहानै आफू यहाँ आएका एक सर्वसाधारणले बताए । हिउँमा खेल्न पाउँदा मज्जा आएका उनले बताए । हिमपात भएसँगै चन्द्रागिरि केबलकारबाट डाँडामा पुग्नेहरूको भीडभाड देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप