शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोभिड पोजेटिभ भएका सयौँलाई प्रयोगशालाले नगेटिभ रिपोर्ट दिएपछि...

बुधबार, १४ पुस २०७८, १० : ०७
बुधबार, १४ पुस २०७८

सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । सङ्क्रमण बढिरहेका बेला क्रिसमसको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।

आफूहरुले अन्य व्यक्ति र आफन्तलाई सङ्क्रमण सारेको हुन सक्ने भन्दै सङ्क्रमितहरूले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटिका लागि प्रयोगशालाले माफी मागेको छ । कर्मचारीमा कामको चापले त्रुटि हुन गएको प्रयोगशालाको भनाई छ ।  तथ्याङ्क प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।

क्रिसमसको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सङ्ख्या उल्लेख्य छ । प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ ।

पछिल्लो त्रुटिपूर्ण घटना पनि सोही चापका कारण भएको हुनसक्ने जनाइएको छ । अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप