आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरको उत्तरी क्षेत्र दामनमा हिउँ पर्‍यो

बुधबार, १४ पुस २०७८, ०९ : ३९
बुधबार, १४ पुस २०७८

मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रको विभिन्न स्थानमा आज बिहानदेखि हिउँ परेको छ । जिल्लाको थाहा नगरपालिकाको दामन, सिमभञ्ज्याङ तथा अघोर लगायतका स्थानमा बिहानैदेखि हिउँ परेको हो ।

बुधबार बिहानदेखि थाहा नगरपालिकाको २ हजार ४ सय ८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङमा हरेक वर्ष जाडोयाममा हिउँ परेको छ । उक्त क्षेत्रमा परेका हिमपातले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार, उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरू सुचारु गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकोले यातायात सञ्चालनमा रोक लगाएको हो । मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको  उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप