आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध, २०० मेगावाट लोड प्रभावित

बुधबार, १४ पुस २०७८, ०८ : ५५
बुधबार, १४ पुस २०७८

बुधबार बिहानै देखिको वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध बनेको छ । बुधबार बिहानैदेखि देशभर परेको वर्षाले २०० मेगावाट विधुत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सहरी क्षेत्रमा इन्टरनेटको तार सर्ट हुँदा तथा अन्य क्षेत्रमा रुख ढलेर प्रसारण लाइनमा क्षति गर्दा विधुत अवरुद्ध भएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले यतिबेला २०० मेगावाट विधुत अवरुद्ध भएको बताए । काठमाडौंसहित महेन्द्रनगर, बुटवल, बिराटनगर, बीरगंज लगायत क्षत्रमा अवरुद्ध भएको भट्टराईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप