मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीद्वारा बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन

बुधबार, १४ पुस २०७८, ०८ : ४८
बुधबार, १४ पुस २०७८

जनमत पार्टीले बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । जनमत पार्टी पुस १३ गते किसानको मुद्दालाई लक्षित गरि उक्त समिति गठन गरेको हो । कमिटीको संयोजकमा जाबिर हल्वाइ तथा सह संयोजकमा राम निवास शाहू, नीतू सिंह र अलताफ राई रहेका छन् ।

अन्दोलन समितिको  प्रवक्ताको जिम्मेवारी प्रदिप गडाडियालाई दिइएको छ । केन्द्रीय सदस्य जोया शेष (नसिमुन), प्रमुख संरक्षक इरफान अहमद शेष, सचिवमा अब्दुल वाहिद शेष , जिल्ला सदस्य नौसाद अंसारी आइटी प्रमुख, मेराज अहमद दर्जि सहसचिव , विष्णु खटिक सहसचिव ,सहसचिव रियाज अंसारी, सदस्यद्वय नसिम सल्मानी, मोहम्मद फारूक हासमी, रामु गडाडिया, कलामुद्दीन शेष,दिपक पासी, शान्ति गोडिया,  लगायत २१ जनाको समिति रहेको छ।

आजको बैठकबाट भोलिदेखि चरणवद्द अन्दोलन गर्ने निर्णय गरेको छ, भोलीको आन्दोलन स्वरूप सम्पूर्ण स्थानीय निकायमा चेतावनी गर्ने निर्णय गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप