बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट

बुधबार, १४ पुस २०७८, ०७ : ४३
बुधबार, १४ पुस २०७८

जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । 

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की  भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र  क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसद्मा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ सांसद खालिल आतियहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप