शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लिभरपुल लेस्टरसँग पराजित,  टोटनह्याम रोकियो

बुधबार, १४ पुस २०७८, ०७ : ३९
बुधबार, १४ पुस २०७८

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार बेहाेरेकाे हाे । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।

बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित  लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्थानमा रहको छ । 

 अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित  गर्दा साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप