न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश स्थानमा हल्का वर्षा
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।
बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
बिहीबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन