आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारीमा महिलाको संख्या बढाउनु पर्छ : मन्त्री रेग्मी

मङ्गलबार, १३ पुस २०७८, २२ : २१
मङ्गलबार, १३ पुस २०७८

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले स्थानीय तहको चुनावमा ऊर्जाशील हुन आग्रह गरेकी छन् । नेपाल महिला संघले काँग्रेस महाधिवेशनमा निर्वाचित महिलालाई गरेको सम्मान कार्यक्रममा मन्त्री रेग्मीले पार्टीको चुनावमा पराजित हुँदैमा निराश भएर नबस्न आग्रह गरिन् ।  

उनले काँग्रेसको पदाधिकारीमा बल्ल एक जना महिलाको सहभागिता सुनिश्चित भएको बताइन् । पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको भन्दै मन्त्री रेग्मीले पदाधिकारीमा महिलाको सङ्ख्या बढाउनु पर्ने बताइन् । 
महिला सङ्घका सात जना सदस्य काँग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका नेपाल महिला सङ्घले जनाएको छ ।  
उनले सरकारका मन्त्रालय मध्येमा सबैभन्दा कम बजेट आफ्नो मन्त्रालयको रहेको सुनाइन् । मन्त्रालयले ७५ प्रतिशत जनताको प्रतिनिधित्व गरे पनि बजेट भने थोरै रहेको उनले बताइन् । ‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप