बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी खटाउन गृहमन्त्रीको निर्देशन

मङ्गलबार, १३ पुस २०७८, २१ : २०
मङ्गलबार, १३ पुस २०७८

गृहमन्त्री बालकृष्ण खाँणले कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नावय निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री खाँणले आज प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिएका हुन् । जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ । मन्त्री खाँणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । 

टोलीले मन्त्री खाँँणलाई बुझाएको ध्यानाकर्षणपत्रमा गत कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै यही पुस २ गते जानकी गाउँपालिका–९ अमरावतीमा अर्जुन दासको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरिएको छ । ध्यानाकर्षणपत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलालीमा आपराधिक घटना भएको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप