बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेड पाण्डाको छाला कारोबार गर्ने दुईजना प्रहरी परिचर र सैनिक हवल्दार पक्राउ

मङ्गलबार, १३ पुस २०७८, २० : ०५
मङ्गलबार, १३ पुस २०७८

चार थान रेडपाण्डाको छाला सहित दुईजना प्रहरी कार्यालय सहयोगी र एकजना सेनाका हवल्दारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुबाट  रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको महाशाखा एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा नेपाली सेनाका हवल्दार निर बहादुर घले, प्रहरी कार्यालय सहयोगीहरू मोहन कर्ण कार्की र कृष्ण तामाङ छन् । कारोबारमा संलग्न सुरेश गिरीलाई पनि महाशाखाले नियन्त्रणमा लिएको छ । महाशाखाका एकजना प्रहरी अधिकृतका अनुसार उनीहरूले रेड पाण्डाको छाला ३० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप