बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रशिक्षक भट्ट भन्छन् : ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु

मङ्गलबार, १३ पुस २०७८, १९ : ३५
मङ्गलबार, १३ पुस २०७८

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।  मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधिमाथि कब्जा जमाएको थियो ।  

‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित दिलाउन सफल भयौँ । गत वर्ष समेत टोलीलाई प्रशिक्षण दिएका भट्टले भने । 

महिला टोलीले दुई वर्षअघि यसै प्रतियोगितामा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै भलिबलमा ऐतिहासिक पदक हासिल गरेको थियो । प्रतियोगिताको समूह चरणको खेलमा उज्बेकिस्तानविरुद्ध सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्बेकिस्तानले निकै चुनौती दिएको थियो ।  

‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिब गर्न नसक्दा र सर्भिस धेरै बिग्रँदा उज्बेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले भने । भट्टकै प्रशिक्षणमा महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पहिलो पटक रजत पदक जितेको थियो । घरेलु भूमिमा सुरुआती २ सेट जितेको नेपाल पछिल्लो तीन सेट भने भारतलाई बुझाउँदै अर्को ऐतिहासिक अवसरबाट चुकेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप