बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

पेस्तोल बेच्न नेपाल आएका दुई भारतीय नागरिक पक्राउ

मङ्गलबार, १३ पुस २०७८, १८ : ३६
मङ्गलबार, १३ पुस २०७८

सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । 

बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको बताएको छ ।

 प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियार सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए । 
 सोधपुछको क्रममा भारतीय नागरिकले आफुहरु पेस्तोल बिक्रि गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताए । पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशंका सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप