उत्कृष्ट फोटोहरुको प्रर्दशनी पोखरामा सुरु
मङ्गलबार, १३ पुस २०७८, १८ : २५
फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ ।
पर्यटन बोर्ड, पोखराको हलमा भएको प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटो ग्राफर विश्व रत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष, बिमला भण्डारीले संयुक्तरुपमा गरेका हुन् । प्रदर्शनी मंगलबार देखि पस १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ ।
प्रदर्शनीमा ११७ फोटो राखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले ५ औं पामे अन्तराष्ट्रिय फिल्म फेष्टिबल संगको सहकार्यमा पोखरामा गरिएको हो ।
नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यवसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा