शासन प्रणाली परिवर्तन बिना राजनीतिक स्थिरता र विकास असम्भव : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा विद्यमान शासन प्रणाली परिवर्तन बिना राजनीतिक स्थिरता र विकास असम्भव रहेको बताएका छन् । राजनीतिक स्थिरता तथा समृद्धिका लागि कार्यकारिणी अधिकार सहितको राष्ट्रपति चुन्नु पर्ने व्यवस्था आवश्यक देखिएको उनले बताए ।
नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दैै उनले संसदीय प्रणालीमा राजनीतिक स्थिरता सम्भव नभएकाले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली आवश्यक रहेको बताए । अध्यक्ष यादवले संसदीय प्रणालीलाई बदलेर पूर्ण समावेशी बनाउनु पर्ने धारणासमेत राखे । उक्त प्रणालीबाट निर्वाचित सांसदहरु सरकारमा सामेल नभइ संसदीय कार्यमा मात्र सीमित रहने र सिधै जनताद्वारा निर्वाचित राष्ट्रपतिले सरकार चलाउने व्यवस्था भएमात्र राजनीतिक स्थिरता र भ्रष्टाचारमुक्त देश बन्न सक्ने उनको भनाइ छ ।
त्यसका लागि वर्तमान शासकीय स्वरुप र खर्चिलो निर्वाचन प्रणाली बदल्न आवश्यक रहेकोमा उनले जोड दिए । देशमा समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने उनको भनाइ छ ।
उनले जन्मसिद्धको आधारमा नागरिकता पाएका आमाबुवाका छोराछोरीलाई नागरिकता दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरे । जसपा जिल्ला अध्यक्ष धिरेन्द्र यादवको अध्यक्षतामा सदरमुकाम परासीमा आयोजित आमसभामा पार्टीका केन्द्रीय सदस्यहरु नारायण चौधरी, गोविन्द प्रसाद चौधरी, चिनक कुर्मी, पार्टीका नेता तथा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री सहसराम यादव लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?