जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या ६ जना पुग्यो
रौतहटमा जन्ती बोकेको भारतीय नम्बरको जीप (स्कार्पियो) दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । अन्य २ जना घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
गौर- चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा ८ जना सवार गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । अन्य घाइते २ जना मध्ये १ जनाको गरुडा स्थित अस्पतालमा र अर्का घाइतेलाई उपचारको लागि वीरगंज पठाएको घिमिरेले जानकारी दिए ।
रौतहटको गढिमाई नगरपालिका ३ गमहरियाबाट नरकटिया जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ४ बजेतिर दुर्घटना भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा गढिमाई नगरपालिका ३ का १६ बर्षिय सेख नौसाद, २२ बर्षिय सेख सैनुलाह ,५५ बर्षिय डाक्टर मोसाफिर २५ बर्षिय सेख छोटु, करिब ४० बर्षिय नाम नखुलेका पुरुष र १५ बर्षिय अजिबुलाह रहेको डिएसपी भण्डारीले जानकारी दिए ।तीब्रगतिमा रहेको गाडी अनियंत्रित भएर सडक छेउ झन्डै २० फिट तल झरेको थियो ।
मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त