बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सर्लाहीको बयलबासमा २८ घण्टे निषेधाज्ञा

मङ्गलबार, १३ पुस २०७८, १७ : १८
मङ्गलबार, १३ पुस २०७८

दुर्घटनामा एक स्थानीय व्यवसायीको मृत्युको  विषयलाई लिएर स्थानीयले प्रदर्शन चर्काएपछि सर्लाही प्रशासनले ईश्वरपुर नगरपालिकास्थित बयलबास बजार क्षेत्रमा मंगलबारबाट २८ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

  प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले मंगलबार सूचना जारी गर्दै मंगलबार दिउँसो ३ देखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाएको जानकारी गराएका हुन् । प्रजिअ गौतमका अनुसार ईलाका प्रहरी कार्यालय केशरगंजबाट पूर्व सागरनाथ टोलसम्म, पश्चिममा रामपुर टोलसम्म, उत्तरमा सखुवनी टोलसम्म र दक्षिणमा खोरिया टोलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा लगाएका स्थानमा कुनै भेला, हिँडडुल र राजनीतिक गतिविधि गर्न नपाउने सूचनामा जनाइएको छ । 
आइतबार गस्तीमा निस्केको प्रहरी भ्यानमा ठोक्किएर बयलबासका एक फेन्सी पसल सञ्चालक रामकुमार महतोको मृत्युपछि स्थानीयले प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप