आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुत्केरी पत्रकारलाई भत्ता वितरण

मङ्गलबार, १३ पुस २०७८, १७ : १५
मङ्गलबार, १३ पुस २०७८

प्रेस सेन्टर मकवानपुरले सुत्केरी पत्रकारलाई भत्ता वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुरले जिल्लामा क्रियाशील पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा उपलब्ध गराएको हो । पुस १० गते बसेको प्रेस सेन्टर मकवानपुरको बैठकले जिल्लामा क्रियाशील पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार विस्टलाई भत्ता रकम प्रदान गरिएको सेन्टरकी अध्यक्ष अञ्जली थापाले बताइन् ।

महिला पत्रकारहरु सुत्केरी अवस्थामा केही समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराएको थापाले बताइन् ।

संस्थागत रुपमै यो निर्णय कार्यान्वयन गर्दा मिडिया हाउसहरुलाई समेत महिला सञ्चारकर्मीप्रतिको उत्तरदायित्व पूरा गर्न दबाब सिर्जना हुने उनको भनाइ छ ।

यस्तै पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले सुत्केरी पत्रकारलाई काममा फर्कने वातावारण निर्माणका लागि महासंघले केही नयाँ गर्ने बताए ।

उनले कार्यालयहरुमा आमा पत्रकारको लागि बेबी केयरसँगै स्तनपान कक्षको व्यवस्था गरिदिन पहल गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप