सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा जन्ती बोकेको  स्कोर्पियो दुर्घटना, ४ को मृत्यु

मङ्गलबार, १३ पुस २०७८, १७ : १२
मङ्गलबार, १३ पुस २०७८

रौतहटमा जन्ती बोकेको  भारतीय नम्बर प्लेटको  स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । 

अन्य घाइते ३ जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको एसपी घिमिरेले  जानकारी दिए । रौतहटको गढिमाई नगरपालिका ३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ बजेतिर दुर्घटना भएको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
  
मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र हालसम्म पहिचान नखुलेको डिएसपी भण्डारीले जानकारी दिए । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप