होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’
होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो । आतिथ्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो । यस होटलले सञ्चालन भएकोे तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ ।
उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतिलाई प्रदान गरे । अवार्ड दिँदै ग्रोभरले होटल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए । यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल (र्याडिसन)ले पाएको थियो । सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो ।
यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनिया लगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म