बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘बदमासहरूलाई कारबाही गर्न नसक्दा पुँजीबजार असुरक्षित बन्यो’

मङ्गलबार, १३ पुस २०७८, १६ : ३५
मङ्गलबार, १३ पुस २०७८

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले सरकार कमजोर बन्दा सेयर बजारको लगानी असुरक्षित बन्ने जोखिम बढेको बताएका छन् । उनले सेयर बजारमा बदमासी गर्ने समूहलाई राज्यले कारबाही गर्न नसक्दा लगानीकर्ताको लगानी असुरक्षित बन्ने जोखिम बढेको बताएका हुन् ।

यस्तै, उनले सेयर बजार सञ्चालन सम्बन्धी कानून लामो समयसम्म नबन्दा अर्को समस्या भएको बताए । उनले भने, ‘सरकारले पुँजीबजार विकास गर्न चाहिने नियमावली ल्याउन सकेको छैन । लामो समयसम्म नियमावली आउन नसक्दा पुँजीबजारको विकासमा समस्या भइरहेको छ ।’ यसले देश सञ्चालन गर्ने तहमा बस्नेहरूको प्राथमिक्तामा सेयर बजार नपरेको प्रष्ट हुने नेपालको भनाई छ ।

यसैगरी, पूर्व गर्भनर नेपालले पछिल्लो समय राजनीतिक दलले पछिल्लो समय सेयरबजार प्रति दिइरहेको भाषणले समेत बजार प्रभावित बनेको बताए । ‘सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलहरूले सेयर बजारलाई जुवा घरकारूपमा व्याख्या गर्दा पुँजीबजार झनै समस्यामा परेको छ,’ नेपालले भने ।

उनका अनुसार नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिले समेत बजारको विकासमा समस्या परेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४÷१२ करोडको सिमा तोक्ने समय गलत भएको उनको बुझाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप