सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना

मङ्गलबार, १३ पुस २०७८, १५ : ५०
मङ्गलबार, १३ पुस २०७८

प्रेस काउन्सिल नेपालका अनुसार विगत पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार २०७८ साउन १ देखि २०७८ मंसिर मसान्तसम्ममा गिरफ्तारीका ५, कब्जा/अवरोधका २, आक्रमणका २, धम्की/दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १७ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यस्तै प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा यस्ता २/२ वटा घटना भएको पाइएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा भने प्रेस स्वतन्त्रता हननका ६१ वटा घटना अभिलेख भएको पनि प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप