महन्थ ठाकुरसँग पार्टी कार्यालयमै वार्ता गर्ने आन्दोलनकारीहरूको अडान
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बबरमहलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पार्टीका असन्तुष्ट पक्षसँग मंगलबार पनि वार्ता हुन सकेन । लोसपाका अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा आफू खुशी मनोनयन गरेकाले निर्णय सच्याउनु पर्ने माग गर्दै विभिन्न जिल्लाबाट कायकर्ताहरु आइतवारदेखि धर्नामा बसेका छन् ।
अध्यक्ष ठाकुरले वार्ताका लागि असन्तुष्ट पक्षमध्ये ५ जनालाई आफ्नै निवासमा बोलाएका थिए । तर, उनीहरु निवासमा जान नमानेर आज पनि धर्नालाई निरन्तरता दिएका छन् । लोसपाका असन्टुष्ट नेता संजय सिंहले आफूहरु पार्टी कार्यालयमा धर्ना बसेकाले कसैको निवासमा वार्ताका लागि नजाने बताए ।
उनले भने, ‘विचार गर्नुपर्ने कुरा हो, पार्टीका यत्रा नेताहरु तीन दिनदेखि कार्यालयमा धर्ना बसिरहेका छन् । तर, पार्टीका अध्यक्ष वार्ताका लागि निवासमा बोलाइ रहनु भएको छ । यो कुरा हामीलाई स्वीकार्य हुँदैन ।’ आफूहरु पार्टी कार्यालयमा धर्ना बसेको कारण यही सामूहिक वार्ता हुनुपर्ने उनले जिकिर गरे ।
लोसपाका अध्यक्ष ठाकुरले पछिल्लो समय जिल्ला तथा प्रदेशमा गरेका मनोनयन एकलौटी भएको, पार्टीको विधि र पद्धतिअनुसार नभएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले आन्दोलन गर्दै आएका छन् ।
अध्यक्ष ठाकुर पुस ११ गते कपिलवस्तुको कार्यक्रम सकाएर काठमाडौं फर्केका हुन् । कार्यक्रमबाट फर्केलगत्तै उनी अस्वस्थ्य भएको कारण पार्टी कार्यालय जान असमर्थ रहेको उनको निजी सचिवालयले जनाएको छ । त्यस्तै, पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारीले पनि हालसम्म आन्दोलनकारीसँग भेटेका छैनन् । आज पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झा उनीहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय