बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

नेप्सेमा एकल अंकको गिरावट, तीन अर्बको कारोबार

मङ्गलबार, १३ पुस २०७८, १५ : ३५
मङ्गलबार, १३ पुस २०७८

मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । गत सोमबार अधिकतम् ६९ अंकले घटेको बजारमा मंगलबार थप २.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २.६६ अंकले घट्दै २५ सय १८.९९ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ०.९१ अंकले घट्दै ४७०.९८ विन्दुमा झरेको छ ।

यसदिन बैंकिङ्ग समूह अन्तर्गतको उपसूचक ०.५१ प्रतिशतले घटेको छ भने, होटल तथा पर्यटन समूहको उपसूचक ०.३६ प्रतिशतले, जीवन बीमा समूह ०.२७ प्रतिशतले, निर्जीवन बीमा ०.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.५४ प्रतिशतले र म्युचुअल फण्ड ०.४६ प्रतिशतले घटेका छन् । 

तर आज बढ्ने समूहहरुमा ट्रेडिङ्ग समूह ०.६४ प्रतिशतले, विकास बैंक ०.११ प्रतिशतले, हाइड्रोपावर ०.९१ प्रतिशतले, फाइनान्स ०.७२ प्रतिशतले र म्यानु एण्ड प्रो अधिकतम २.०७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 
यस दिन सबैभन्दा बढी मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले अधिकतम् १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले ९.९९ प्रतिशतले गुमाएका छिन् । 
२.६६ अंकले घटेको बजारमा आज ५८ करोड २८ लाख कित्ता भन्दा बढी सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ५५ लाखको कारोबार भएको छ । 
गत सोमबार झण्डै ७० अंकले घटेको बजारमा पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप