नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त
नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो ।
फेलो चाटर्ड एकाउण्टेड( एफसीए) हुनुका साथै बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ) रहेका थिए ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल पुष १६ गते सकिँदैछ । ढुंगानाको जिम्मेवारी दिने गरी बैंकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको हो ।
योसँगै नवनियुक्त पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । हाल नेपाल बंगलादेश बैंकको एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो