मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादी र जनवादीको एकता घोषणा

मङ्गलबार, १३ पुस २०७८, १४ : १८
मङ्गलबार, १३ पुस २०७८

निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् । 

मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच एकता घोषणा गरिएको हो । साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका  थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घाेषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप