बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकार र केन्द्रीय बैंकको नीतिले मारमा परेको व्यवसायीको गुनासो

मङ्गलबार, १३ पुस २०७८, १३ : ०४
मङ्गलबार, १३ पुस २०७८

विराटनगरका उद्योगी/व्यवसायीले सरकार र केन्द्रीय बैंकको नीतिले आफूहरू मारमा परेको गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

उक्त अन्तरक्रियामा प्रदेश १ का निजी क्षेत्रका व्यवसायीक संगठनहरुसँग छलफल गरेको छ । भेटघाट तथा छलफल कार्यक्रम अन्तरगत नाफिजले मोरङ व्यापार संघसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो । छलफलमा मोरङ व्यापार संघमा आवद्ध व्यवसायीहरूले सरकार र राष्ट्र बैंकको नीतिले व्यापारी मारमा परेको गुनासो गरेका छन् ।

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भइ व्यापार÷व्यवसाय संकटमा परेको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरू हतोत्साहित भएको उनको भनाइ छ ।

‘बैंकहरू राष्ट्र बैंकको कारवाहीको ब्ल्याक मेल गर्दै कर्जाको ब्याजदर बढाइरहेका छन् भने सावाँ ब्याज भुक्तानीको लागी ताकेता लगाइरहेका छन् । सरकार र राष्ट्र बैंकको नीतिले व्यापार व्यवसाय चौपट छ । बैंकले पैसा तिरेन भने राखेको धितो लिलामीको प्रक्रिया अघि बढाइ हाल्छन्,’ संघका अध्यक्ष मुन्दडाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप