बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भास्कुलर सर्जरी अध्ययनका लागि कार्की छनोट

मङ्गलबार, १३ पुस २०७८, १२ : ५८
मङ्गलबार, १३ पुस २०७८

भारतमा पोस्ट डक्टरेट अध्ययनका लागि डा सम्मृद्ध कार्की छात्रवृत्तिमा छानिएका छन् । कार्डियो थोरासिक भास्कुलर सर्जरी अध्ययनका लागि उनले विदेशी विद्यार्थीका रुपमा आफ्नो नाम सुरक्षित गरेका हुन् । 
उत्तरी र दक्षिणी भारतका प्रतिष्ठित चिकित्सा विश्वविद्यालयहरू (एम्स, पीजीआईएमईआर, एससीआईटी) मा भास्कुलर सर्जरीमा पोस्ट डक्टरेट एमसीएच डिग्रीको लागि छात्रवृत्तिमा सिट सुरक्षित गर्न डा.कार्की सफल भएका हुन् । 

अन्य देशबाट परीक्षा दिने विदेशीमध्ये एम्स, अखिल भारतीय आयुविज्ञान संस्थान, पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल शिक्षा, अनुसन्धान केन्द्र चण्डीगढ, श्री चित्र तिरुनाल चिकित्सा विज्ञान र प्रविधि संस्थान त्रिवेन्द्रममा छात्रवृत्तिमा आफ्नो नाम सुरक्षित भएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप