शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पार्टीमा हुने ह्याङ्ओभरबाट कसरी बच्ने ? कस्ता पेयबाट  बढी हानी ?

मङ्गलबार, १३ पुस २०७८, १२ : ४६
मङ्गलबार, १३ पुस २०७८

नयाँ वर्षको पार्टी मनाउने क्रम सुरु भइसकेको छ । धेरैजसो मानिसको सेलिब्रेसन वाईन–ह्विस्कीबिना अधुरो नै रहन्छ । कयौँ पटक अधिक मनोरञ्जन वा साथीले कर गरेका कारण अलि धेरै नै पिउने गरिन्छ । यसको नतिजा भोलिपल्ट ह्याङ्ओभरको रुपमा भोग्नुपर्छ ।

पार्टीको भोलिपल्ट खासै ठिक लाग्दैन । कसैलाई टाउको दुख्ने, थकान, आँखामा भारीपन जस्ता समस्या देखा पर्छ । मद्यपानबाट हुने यिनै असरलाई हामी ह्याङ्ओभर भन्छौँ । कयौँ पटक ह्याङ्ओभरका कारण रिँगटा लाग्ने, तनाव हुने वा चिडचिडेपनाको गुनासो पनि आउने गरेका छन् । 

आज हामी ह्याङ्ओभरसँग सम्बन्धित विषय र यसबाट बच्ने उपायको बारेमा कुराकानी गर्न गइरहेका छौँ ।

के हो ह्याङ्ओभर ?

१.सबै किसिमका अल्कोहल एथेनालबाट बनेका हुन्छन् ।

२.प्रत्येक ड्रिक्समा यसको मात्रा फरक–फरक हुने गर्छ ।

३.एथेनालमा एसिटेल्डिहाइड नामको केमिकल हुन्छ । यसले शरीरमा रहेको इन्जाइमलाई अन्य केमिकलमा परिवर्तन गर्ने गर्दछ । 

४.विज्ञका अनुुसार एसिटेल्डिहाइडका कारण ह्याङओभर हुुने गर्छ ।

५. यदि कोही व्यक्तिले आफ्नो क्षमता भन्दा बढी ड्रिङ्क्स लिन्छ भने पार्टीको दोस्रो दिन उसलाई यसको असर देखा पर्छ ।

६.खाली पेटमा रक्सीको सेवन गर्नाले शरीरले यो तीव्र दरमा सोस्ने काम गर्छ । त्यसैले दोस्रो दिन ह्याङओभर हुन जान्छ ।

८. बिना पानी ड्रिङ्क्स लिनाले अल्कोहलले बारम्बार शौच आउछ । जसले शरीरमा इलेक्ट्रोलाइट्स कम हुन जान्छ । यो पनि ह्याङओभरको कारण बन्न जान्छ ।

९. रक्सीमा मिलाइने केमिकल, कन्जेनर्सले पनि ह्याङ्गओभर निम्त्याउँछ । कन्जेनर्स ह्विस्कीसहित गाढा रङका ड्रिङ्क्समा बढी हुने गर्छ ।  

९. क्षमता भन्दा बढी पिउनाले पनि ह्याङओभर हुन जान्छ । ह्याङओभरको असर मानिसको उमेरदेखि लिएर रक्सी पिउने मात्रामा पनि पर्न जान्छ ।


ह्याङ्ओभरका लक्षणः

ह्याङ्ओभरको लक्षण हरेक व्यक्तिमा भिन्न भिन्न तरिकाले देखिने गर्छ । यद्यपि, ह्याङ्ओभर हुँदा धेरै जसोको शरीरमा यस्ता परिवर्तन देखिने गर्छ । जस्तैः

मुख सुक्नु वा बढी प्यास लाग्नु

मांसपेशी र टाउको दुख्ने

थकान र कमजोरी 

वाकवाकी लाग्ने र पेट दुख्ने

निद्रामा कमी

असाध्यै छाती पोल्ने

प्रकाश र ध्वनीप्रति संवेदनशीलता

कुनै कुरमा ध्यान केन्द्रीत नहुनु

रिँगटा लागेको महसुस हुनु

खराब मूड, स्ट्रेस र चिडचिडापन ।


ह्याङओभर भगाउन के गर्ने ?

धेरै पानी पिउने । यसबाट हाइड्रेसन कायम हुनुका साथै शरीरको गन्ध हटाउन पनि मद्दत मिल्छ । मह र अदुवा खाने । मह र अदुवामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बान्ताबाट तुरुन्त राहत दिन्छ ।


कागनी पानी पिउनुहोस्ः
एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउनुहोस्, यसले टाउको दुखाईमा राहत दिन सहयोग गर्छ ।


नरिवल पानी पिउनुुहोस्ः
नरिवल पानीमा इलेक्ट्रोलाइट्स हुन्छ । यसले शरीरमा तत्काल हाइड्रेसनको काम गर्छ र पोषक तत्व प्रदान गर्छ ।


कफीः 
कफीले पनि सुुस्तता र टाउको दुखाइमा राहत दिन्छ । 


दहीः
दही खानाले पनि शरीरमा खराब ब्याक्टेरियाको सट्टा राम्रो ब्याक्टेरिया बढाउँछ । यसबाट पनि ह्याङओभरको समस्या हट्छ ।


ह्याङ्ओभर नहोस् भन्नका लागि गर्नुहोस् यस्तो उपायः


कार्बन बढी भएको भोजन लिनुहोस्
यसले रगतमा अल्कोहल विस्तारै मात्र घुल्छ त्यसैले भोलिपल्ट ह्याङ्ओभरको गुनासो रहन्न ।


आफ्नो सीमाम रहेर पिउनुहोस्
साथीहरुले भनेको आधारमा नभई आफ्नो सीमामा रहेर पिउनुहोस् ।


हुुल्का रङको ड्रिङ्क्स लिनुस्ः
हल्का रङको ड्रिङ्क्समा कन्जेनर्सको मात्रा कम हुन्छ । यसबाट संवेदनशील ह्याङओभरको सम्भावना कम हुन्छ ।


कार्बोनेटेड ड्रिङ्क्स नपिउनुहोस्ः
कार्बोनेटेड ड्रिङ्क्सले तपाईँको रगतमा अल्कोहल घुुल्ने दर बढाउँछ । यसले ह्याङ्ओभरको दरको असर बढ्न जान्छ ।

सिगरेटबाट बच्नुहोस्
धुुम्रपानले हाइड्रोजन, प्रतिरोधी क्षमता र निद्राको गुणस्तरलाई प्रभावित बनाउँछ । यसबाट गम्भिर खालको ह्याङओभर निम्त्याउने आशंका रहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप