कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै
![कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै](https://rpcdn.ratopati.com/media/albums/deuba_S0s98rljMW.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार पुस २५ गतेका लागि निर्धारित प्रधानमन्त्रीको भ्रमण सार्ने या सोही मितिमा भ्रमण गर्ने भन्नेबारे छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थाले पनि हालसम्म मन्त्रिपरिषद्ले भ्रमणबारे निर्णय नगरेका कारण पनि अन्योल देखिएको मन्त्रालय स्रोत बताउँछ ।
नेपालस्थित भारतीय दूतावास स्रोतले प्रधानमन्त्री देउवाको भ्रमणबारे अझै प्रस्ट हुन नसकेको जनाएको छ । कोरोना संक्रमणका कारण प्रधानमन्त्रीको भ्रमण भौतिक रुपमै हुने कि भर्चुअल माध्यमबाट सहभागिता जनाउने भन्ने विषयमा विचार विमर्श भइरहेको दूतावास स्रोतको भनाइ छ ।
प्रधानमन्त्री देउवा गुजरातको गान्धीनगरमा पुस २५ गतेदेखि २८ गतेसम्म हुने लागेको भाइब्रेन्ट ग्लोबल समिटमा भाग लिने कार्यक्रम छ । भौतिक रुपमा भ्रमण हुन नसके भर्चुअल माध्यमबाट प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भर्चुअल माध्यमबाटै कुराकानी गर्न सकिने बताइएको छ । देउवाको भारत भ्रमणकै क्रममा जयनगर–जनकपुर रेलको पनि उद्घाटन गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।
प्रधानमन्त्री देउवाको भ्रमण तयारीकै बीच उनकी पत्नी आरजु देउवा भारत पुगेकी छन् । यद्यपि, उनी निकट नेताहरुले आरजु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
-
अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
-
महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव