शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ को राजधानी तथा नामकरणका लागि विशेष समिति गठनको तयारी

मङ्गलबार, १३ पुस २०७८, ११ : ५९
मङ्गलबार, १३ पुस २०७८

जनकपुर । प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन सकस देखिएको छ । सत्तारुढ गठबन्धनबीच नै प्रदेशको नामकरणका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाबाट यसको टुङ्गो लाग्ने सम्भावना कमजोर भएको हो ।

प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेस गर्ने भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवका अनुसार आज १ बजे बस्ने भनिएको बैठकबाट सभामुख सरोजकुमार यादवले प्रदेशसभा कार्य संचालन (पहिलो संशोधन) नियमावली, २०७५ को नियम ७३ (क) को उपनियम (९) तथा नियम ७३ (ख) को उपनियम (९) बमोजिम विशेष समिति गठन गर्न प्रस्ताव पेस गर्ने उनले बताए ।

सत्तारुढ जसपा नेपाल, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी लोसपा नेपाल प्रदेश २ को नाम ‘मधेस’ राख्नुपर्ने पक्षमा छन् भने सत्तारुढ नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश राख्न प्रस्ताव गरेको छ । यस्तै एकीकृत नेकपा समाजवादी र विपक्षी नेकपा एमाले भने जानकी प्रदेशको पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप